StageLyrics
Lyrics that stay readable on stage.

यो कलिको अन्त्य कहिले हुने हो

Read-only lyrics view.
यो कलिको अन्त्य कहिले हुने हो पापले आकाश छुने भो कति आए कति गए लेखा जोखा छैन कोको केके गर्छु भन्थे भनि साध्य छैन रामनाम लिने बानी कहिले बसेन कहिल्यै कतै दुखी माथी दया भएन सधैंभरी चिच्याउन मलाई पुगेन छाडी जानु पर्ने बिचार कहिल्यै बुझेन कति गरि पाएको यो मनुष्यको चोला हरि भजन बिना जीवन त्यसै खेर जाला