श्याम तिम्रो सम्झना
Read-only lyrics view.
श्याम तिम्रो सम्झना कहिले नछुटोस
गर्छु काम जे जति मा भक्ति नछुटोस
चित्त वित्त यो सबै पाउमा झुकोस
भुल गर्छु जे जति म माफै भैरहोस
पाप मेरो नास गर जन्म जन्म को
दुख कष्ट नास गर यो मेरो कर्मको
पुनर्जन्म नदेउ फेरी विश्व विश्वमा
नाथ लागोस बिन्ति मेरो यै छ हजुरमा
ममता र घमण्डलाई त्यागि नम्र भावले
दिनलाई गर्न सकौं उपकार प्रेमले
प्राणी मात्रलाई राखौं आफ्नो सम्झना
श्याम रूप राख्न सकौं मनमा धारणा
दिन रात साँझ बिहान सम्झदै हरि
काल बितोस आठै प्रहर भजनै गरि
मर्ने बेला प्राण कण्ठ आउँदा पनि
हृदय देखि भन्न सकौं श्यामनै भनि
माया मोह देखि मेरो दिलमा यो छुतोस
भजी श्याम नाम तिम्रो प्राण यो छुतोस