तनमा छन राम मेरो मनमा छन राम
Read-only lyrics view.
तनमा छन् राम मेरो मनमा छन् राम
सबका हृदयमा रामै राम
घरमा छन् राम अनि बनमा छन् राम
विश्व चराचर रामै राम
रातमा राम छन् दिनमा राम,
प्रहर घडी पल छिनमा राम
महिना र ऋतु बर्षमा राम,
युग मन्वन्तर कल्पमा राम
देहमा राम छन्, इद्रियामा राम,
अन्तस्करण र प्राणमा राम
सृष्टि र स्थिति प्रलयमा राम,
सबका अधिस्थान आत्मामा राम
जलमा राम छन् थलमा राम,
आकाशमा राम पवनमा राम
तेजको ताप प्रकाशमा राम,
पाँच तत्वमा आत्मा राम
कर्म र भक्ति ज्ञानमा राम,
ज्ञानसमाधि ध्यानमा राम
भक्तका मोक्ष प्रदाता राम,
सर्वज्ञ साक्षी बिज्ञाता राम
स्थुल र सुक्ष्म कारणमा राम,
विश्व र तेजाश प्राज्ञमा राम
जाग्रत र स्वप्न सुसुप्तिमा राम,
तुरिय र तुरियातितमा राम
निर्मल निरन्तर नित्य छन् राम,
समसनातन सत्य हुन् राम
बोध स्वरूप प्रबुध्ध हुन् राम,
असंग र अज अमर हुन् राम
सर्वप्रकाशक आत्मा राम,
परमेश्वर परमात्मा राम
ज्योतिहरुका पनि ज्योति हुन् राम,
स्वयम् प्रकाशक ब्रम्ह राम