StageLyrics
Lyrics that stay readable on stage.

हे पटमुर्ख पापी मन

Read-only lyrics view.
हे पटमुर्ख पापी मन भजन गर राम प्याराको। करुणा रामको हुन्छ भजन गर राम प्याराको॥ जहाँ तक रामको दृष्टि तँ माथी पर्छ हे पागल। तँलाई छैन दुख बाधा भजन गर राम प्याराको॥ कर्मानुसारको सुख दख पर्छ जो जति पर्ने छन् । लिई आनन्द निसफिक्री भजन गर राम प्याराको॥ मिरा कर्मा अजामील मो अहिल्या द्रोपदी गजको। लगाए पार रामैले भजन गर राम प्याराको॥ गाणिका पिंगाला तारे लगाए पार ती सबरी । छुटाए दुख सुधामाको भजन गर राम प्याराको॥ भजन किर्तन कतरिले छुटाए दुखको बन्धन । बनी राम दास हे मन्जु भजन गर राम प्याराको॥