StageLyrics
Lyrics that stay readable on stage.

आज मरे भोली दुई दिन

Read-only lyrics view.
आज मरे भोली दुई दिन मरी लानु के छ र ॥ भाई रामको भजन गरौन ॥ दाजुभाई दिदिबहिनी सुनी रहनु होला॥ दुइदिनको कच्ची शरीर कस्तो हाम्रो होला ॥ ईश्वरलाई भुल्नुहुन्न दुइदिनको चोला ॥ मरे पछी पाप धर्म भोग्नुपर्ने होला ॥ यति राम्रो मानिसको चोला कहाँ पाउला॥ पाप गर्न थाल्यौं भने यमलोकमा जाउला ॥ धर्म गर्ने यहि हो जीबन फेरी कहिले गर्नु॥ आँउछ काल पाइला गनी पर्छ एकदिन मर्नु ॥ केदार जान्छन बद्रि जान्छन धन खर्च गर्दै ॥ कति गए सड़ी गली कति गए मर्दै ॥ दुइ मुठ्ठा परालमाथि जन्म लिन आउँछन् ॥ जन्मिदैमा मुठी कस्छन के को भजन गर्छन ? ॥ पाप बस्छ धर्म बस्छ सास उडी जान्छ ॥ लास हेरी रुन्छन् सारा झुटो मायाँ लाग्छ ॥ कोहि जान्छन् दाउरा लिन कोहि बस्त्र किन्न || आफ्नो छोरा भए देखि एक दिन बन्छन् खिन्न ॥ दाजुभाई गुठियारले घाटमा पुर्याई दिन्छन् ॥ गंगाको शुद्ध जलले स्नान गराई दिन्छन् ॥ जसको हक छ उसले दिन्छन् मुखमा दागबत्ती ॥ संसारको रिती स्थिति यस्तै रै छ गति ॥ बनाएर सोला अनि आगो लगाई दिन्छन् ॥ बाँकी शेष खरानीलाई बगाई दिन्छन् ॥