StageLyrics
Lyrics that stay readable on stage.

रामले बोलायो मलाई,

Read-only lyrics view.
रामले बोलायो मलाई, श्यामले बोलायो । बोल्दा बोल्दै प्रभुजीले, प्रिती लगायो । धु । जगमा आई बास बसाई, कसले के के पायो । कुन कुन कर्म गरेर उस्ले प्रभुको दर्शन पायो इन्द्रियसारा गलित भयपनी मनमा प्रिती पलायो प्रभुले मायाँ गर्दा गर्दै मेरो हात समायो । तन मन धन सब एक भय पछी, प्रभुमा प्रिती पलायो ! भव सागरको चक्रबाट, प्रभुले पार लगायो ।।