राम भजौं श्याम भजौं भजौं हरि नाम
Read-only lyrics view.
राम भजौं श्याम भजौं भजौं हरि नाम
राम नाम मनले भजे पुग्छौं परम धाम
सधैंभरि जपी राखौं रामको नाम
अन्त्य बेला हुँदा खेरि परम धाम जान
प्रभु नाम भवसागर तार्ने भनि मान
आखिरमा प्रभु बिना कोहि छैन जान
बस्ति हाम्रो यहाँ होइन अक्षरको पारि
यहाँ हामी भुल्नु हुन्न मायाजालमा परि
अझै पनि याद छैन हामीलाई किन
काल बनी यम आउला हामीलाई लिन
फेरी फेरी हुन्छ हुन्न यस्तो मानव चोला
प्रभु नाम भुल्यो भने कस्तो दशा होला
बेला छर्दै सबै मिलि प्रभु भजी हाल
दुइ दिनको सपना झैं झुत्तो माया जाल